पाकिस्तानमा बस दुर्घटनामा २२ जनाको मृत्यु, ५१ घाइते

इस्लामाबाद, कात्तिक २३ । पाकिस्तानको एट्टोक जिल्लामा बुधबार राति भएको बस दुर्घटनामा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

बस सडकबाट खाल्डोमा खसेका कारण २२ को ज्यान गएको र अन्य ५१ जना यात्रु घाइते भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

पन्जाव प्रान्तको एट्टोक जिल्ला अन्तर्गत पर्ने धोक पठान क्षेत्रमा स्थानीय समय अनुसार राती १० बजेतिर दुर्घटना भएको प्रहरीको भनाई छ ।

स्थानीय बासीन्दा, प्रहरी र उद्धारकर्ताहरुले घाइतेहरुलाई अस्पताल पुयाएका छन् भने दुर्घटनास्थलबाट शवहरु बाहिर निकालेका छन् । मृतकमध्ये १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

अहिले पनि केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने अस्पतालका अधिकारीहरुले बताएका छन् ।

प्रान्तीय राजधानी लाहोरमा हुन लागेको धार्मिक सभामा सहभागी हुन एउटै बसमा ८२ जना यात्रु जादै गरेका थिए । बसमा धेरै यात्रु र तिब्र गतिका कारण बस चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =