इटालियन सिरिएमा स्पाललाई हराउँदै मिलान विजयी

कात्तिक १५, एजेन्सी । इटालियन सिरिएमा एसी मिलानले स्पाललाई १–० गोल अन्तरले हराउँदै जित हात पारेको छ ।   

घरेलु मैदानमा भएको खेलमा मिलानलाई जित दिलाउनका लागि खेलको दोस्रो हाफको ६३औं मिनेटमा सुसोले गोल गरेका हुन् ।   

जित हातपारेसँगै मिलान १०औं स्थानमा उक्लिएको छ भने सिरिएमा १३ अंक बनाएको छ । सिरिएको शीर्ष स्थानमा युभेन्टस् छ । उसले १० खेलबाट २६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको इन्टरमिलानको २५ अंक छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =