राज्यबाट कुनै सेवासुविद्या नलिने बाम उम्मेदवार पहारीको उद्घोष

“
कार्तिक २२, पोखरा । बाम गठबन्धका तर्फबाट कास्की क्षेत्र नम्बर ३ अन्र्तगत प्रदेश सभा (ख) का उम्मेदवार राजीव पहारीले आफूले निर्वाचन जिते कुनै पनि सरकारी सेवासुविधा नलिने बताएका छन् ।
पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ५ मा आयोजनागरिएको कोण सभामा बोल्दै पहारीले प्रदेश सभामा निर्वािचत भएपछि पाउने सबै सेवासुविधा आफूले नलिने र जनताको विकासका कार्यहरूमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘मलाई निवाचित गराएपछि पाउने कुनै पनि सरकारी सेवासुविधा लिने छैन, सबै विकासका लागी खर्च गर्नुछु ।’ युवा सङ्घका अध्यक्ष समेत रहेका पहारीले सेवासुविधको लोभले नभई जनताको प्रतिनिधिको रूपमा विकास र समृद्धिको लागी आफ्नो उम्मेदवारी भएको बताए । ‘म आफैमा सम्पन्न व्यक्ति हुँ, मलाई राज्यको सेवासुविधाको लोभ छैन, त्यसैे हजुरहरुले जिताउनु भयो भने सेवक भएर काम गर्ने छु’ पहारीले भने।
उम्मेदवार पहारीले सधैँ मतदाताको शिर उच्च बनाउने गरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।‘मलाई मत दिएर जिताउने मतदाताको शिर झुक्ने कुनै पनि काम गर्ने छैन, सधैँ तपाईँहरूको शिर उच्च हुने काम गर्नेछु।’ उनले कसैलाई आरोप प्रत्यारोप गरेर भन्दा पनि सबै पार्टीका मतदाताले समृद्धि, विकास र स्थायित्वका लागी एक पटक विजयी गराए मौका प्रदान गर्न आग्रह गरेका थिए ।
“








