तन्नेरी पुस्ताका निर्देशक श्रवण सम्राट

“
कात्तिक २१, काठमाडौं । युवा पुस्ताका निर्देशक श्रवण सम्राट यतिबेला चलचित्र ‘ब्ल्याक म्यान’को निर्देशनमा ब्यस्त छन् । केही समय भारतीय सिने नगरी मुम्वईमा चलचित्र सम्बन्धि अध्ययन गरेर फर्केका सम्राटले यसअघि विभिन्न चलचित्रमा सह–निर्देशकका रुपमा काम गरिसकेका छन् ।
‘ब्ल्याक म्यान’को काम पचास प्रतिशत सम्पन्न भएको निर्देशक सम्राटले जानकारी दिए । सो चलचित्रमा करन बोहरा, राज शर्मा, सुप्रीया श्रेष्ठ, हरी विसी लगायतको अभिनय रहेको छ । सो चलचित्रका प्रोड्युसर करन बोहरा र विरेन सुवेदी हुन् ।
कस्तो खालको चलचित्र हो त ब्ल्याक म्यान ?– सम्राट भन्छन् ‘दुई नम्बरी धन्दा गर्नेहरुको कथामा आधारित चलचित्र हो । सस्पेन्सन(कौतुहलता) भएकाले दर्शकलाई पुरा मनोरञ्जन हुनेछ भन्नेमा म विश्वस्त छु ।’ उनले चलचित्र निकै रोचक रहेको समेत दावी गरेका छन् ।
पछिल्लो समयमा नेपाली युवा पुस्तालाई फिल्मी क्षेत्रले राम्रैसँग आकर्षित गरेको छ । यिनै नयाँ पुस्ता मध्येका उदीयमान निर्देशक हुन्– श्रवण सम्राट । उमेरले २०/२२ टेक्दै गरेका सम्राट यस क्षेत्रप्रतिको आकर्षणकै कारण चलचित्रको निर्देशनमा लागेको बताउँछन् । कञ्चनपुरको पुनर्वासमा जन्मेका सम्राट सानैदेखि चलचित्रको निर्देशनमा रुची राख्थे ।
तन्नेरी निर्देशक सम्राटले निर्देशन गरेको यो चलचित्र कस्तो छ, हेर्न भने आगामी वैशाख महिनासम्म कुर्नुपर्नेछ ।
“








