प्रतिनिधि सभा प्रदेशसभा निर्वाचन खर्चिलो बन्दै

काठमाडौं, कात्तिक २० । विधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा आगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन खर्चिलो हुने देखिएको छ । आगामी मंसिर १० र २१ गते हुने निर्वाचनमा प्रतिनिधि सभा तथा प्रदेश सभामा उम्मेदवारी दिएका पाँच हजार २ सय ९३ प्रत्यक्ष र समानुपातिकतर्फ छ हजार ९४ उम्मेदवारले अर्बौं खर्च गर्ने देखिएको हो ।

निर्वाचन आयोगले गर्ने खर्चबाहेक उम्मेदवारहरूको कूल खर्च साढे १० अर्बभन्दा बढी हुने देखिएको छ । प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत १ सय ६५ पदका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीमा पहिलो चरणमा ३ सय ८२ र दोस्रो चरणका लागि एक हजार ६ सय ६२ गरी जम्मा दुई हजार ४४ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले तोकेअनुसार प्रतिउम्मेदवारले २५ लाख खर्च गर्न पाउनेछन् ।

यसबाट प्रत्यक्ष उम्मेदवारीमा रहेका कूल उम्मेदवारले पाँच अर्ब ११ करोड खर्च गर्नेछन् । आयोगका अनुसार यो अधिकतम खर्च हो तर उम्मेदवारले त्यतिमात्र खर्च गर्ने छैनन् । सोहीअनुसार कूल खर्च पनि बढी हुने देखिएको छ । त्यसमा प्रतिनिधि सभामा ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणाली मार्फत हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =