आज मंगलबार, यस्ता छन् पत्रपत्रिकामा मुख्य समाचार

काठमाडौं, ५ चैत । राजधानी काठमाडौंबाट आज प्रकाशित प्रमुख दैनिक पत्रिकाहरूको पहिलो पृष्ठ आशा जगाउनेभन्दा पनि निराशाजनक खबरहरूले भरिएका छन् । खासगरी स्वास्थ्य, पूर्वाधार निर्माण र वैदेशिक रोजगारभित्रको बेथिति तथा सरकारी कार्यालयहरुको सेवा प्रवाहको खस्कँदो अवस्था झल्काउने सामग्री पत्रिकाहरुले छापेका छन् । यद्यपि, स्वदेशी उत्पादनको बजार व्यवस्थापन गर्न सरकारले पशुपंक्षी आयातमा लगाएको रोकलगायतका आशा जगाउने खालका केही समाचार पनि पत्रिकाहरूमा छन् । 

 

कान्तिपुरले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगीको एउटा नमूना प्रस्तुत गरेको छ । समाचार अनुसार, मानव तस्करहरुले केही पीडित युवकहरुलाई नै बिचौलिया बनाएर उल्टै अढाइ करोड ठगी गरेका छन् । कान्तिपुर लेख्छ– बिचौलियाको फन्दामा परेर पछिल्लोपटक रोल्पा र दाङका ५ युवाले झण्डै दुई करोड रुपैयाँ गुमाएका छन् । समाचार अनुसार, यो धन्दामा यसअघि जस्तै कलाकारको आवरणमा अवैध धन्दा गरिरहेका सुदर्शन गौतम जोडिएका छन् । उनले हैटी पुर्याएर अलपत्र पारेका युवाले डुबेको रकम उठाउने उपायका रुपमा युवालाई ठगेको खुलेको छ । 

null

 

सरकारी कार्यालयहरुको सेवाप्रवाहबारे निरन्तर स्थलगत रिपोर्टिङ गर्दै आएको अन्नपूर्णले आज श्रम कार्यालय जनकपुरको रिपोर्ट पस्केको छ । रिपोर्टअनुसार, यहाँ सेवा लिन सेवाग्राहीले ठूलो सास्ती पाउने गरेका छन् । प्रहरीले नै सेवाग्राहीलाई दुव्र्यवहार गर्ने गरेको छ । एक सेवाग्राहीलाई प्रहरीले कुटपिट गरेको तस्वीर छापेको अन्नपूर्णले सेवा सुधार गर्न सुझाव दिएको छ । अन्नपूर्णमै युद्धभूमिका रुपमा परिचत रोल्पामा बुद्धको स्मारक बनाइएको खबर पनि छ । समाचार अनुसार, फेरि युद्ध नहोस्, शान्ति छाओस् भन्ने कामना गर्दै रुकुमपूर्वको भूमे गाउँपालिकाको महत गाउँमा युद्ध फिचर र शान्ति स्मारक निर्माण गरिएको छ । 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *