गायक सकुलको पहिलो कोशेली ‘चन्द्रमुखी’

कात्तिक १८, काठमाडौं । गायक सकुल विश्वकर्मा नेपाली संगित क्षेत्रमा सम्भावना बोकेको गायकको रुपमा उदायका छन् । विगत लामो समयदेखी संगति क्षेत्रमा सक्रिय भएपनि सकुलको पहिलो गीत भो चन्द्रमुखी हो । कलेज जीवनबाट नै संगीतमा केहि गर्ने प्रण गरेर लागेका गायक सकुलले आफ्नो पहिलो गीत श्रोता माझ ल्याएका छन् ।

यो गीतबाट उनलाई नेपाली संगीत क्षेत्रमा अर्को प्रतिभाको आगमनका रुपमा हेरिएको छ । यो गीतमा गायक सकुलकै शब्द र संगीत रहेको छ । सञ्जय विश्वकर्माको एरेन्जमा तयार भएको गीतको म्युजिक भिडियोमा गायक आफैले अभिनय गरेका छन् ।

उनलाई अभिनयमा साथ जविकाले दिएकी छिन् । उत्सव दाहालको छायांकन रहेको भिडियोलाई शुसिल न्यौपानेले सम्पादन गरेको हुन युवाहरुमा लोकप्रिय म्युजिक भिडियो निर्देशक सोनाम पाख्रिनले भिडियोको निर्देशन गरेका हुन ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =