अबको सभापति मै हुँ, महाधिवेशन केन्द्रित भएर देशभरि घुमेको छु : डा. कोइराला

काठमाडौं, ५ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन् ।  

उनले अबको सभापति आफू नै हुने दाबी गर्दै आधिकारिक उम्मेदवार पनि आफू नै भएको जिकिर गरेका हुन् ।   

उनले भने, ‘अबको सभापति मै हुँ । म महाधिवेशन केन्द्रित भएर देशभरि घुमेको छु । आम नेता तथा कार्यकर्ताहरुसँग साक्षात्कार गरेको छु । उहाँहरुकै माग र आग्रहबमोजिम अब आउने महाधिवेशनमा सभापतिमा उम्मेद्धवारी दिन्छु । म आधिकारिक उम्मेद्धवार हुँ । कसको साथ भन्दा मलाई सबैको साथ छ । देश दौडाहमा जाँदा तपाईको आवश्यक छ भनेर साथीहरुले भन्नुभएको छ ।’ 

उनले आफूले सभापतिको लागि सबै तयारी गरिसकेको बताउँदै अब ब्याक नहुने बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *