सभामुख चयन प्रक्रिया पुस ११ गते

पुस ४, काठमाडौं । सभामुखको लागि निर्वाचन आगामी पुस ११ गते हुने भएको छ ।   

शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिमा भएको छलफलमा पुस ११ दिनको १ बजे अर्को बैठक बस्ने र सोही दिन सभामुख चयन प्रकृया सुरु गर्ने गरी सहमति भएको हो ।   

पुस ११ गतेसम्म नेकपाले सभामुखको उम्मेद्वारका लागि सहमति खोज्ने छ । यसअघि प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुबीच संसद अधिवेसन र सभामुख चयन प्रकृयाबारे छलफल भएको थियो । 

Image result for सभामुख रिक्त

त्यस्तै छलफलमा दुवै दलका नेताहरुबीच उपसभामुख तुम्बाहाम्फेले संसदको हिउँदे अधिवेशनको पहिलो बैठक सञ्चालन गर्ने अनौपचारिक सहमति पनि भएको जनाइएको छ । 

संसद सचिवालयकै एक महिलामाथि यौन दुव्र्यवहार गरेको अभियोगमा सजाय भोगिरहेका कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । रिक्त सभामुख पद पूर्ति हुन बाँकी रहेकाले आजको बैठकको अध्यक्षता तुम्बाहाम्फेले गर्न लागेकी हुन् । 

संविधानको धारा ९१ (४०) को व्यवस्थाअनुसार सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्न पाउने प्रावधान छ । सभामुख तथा उपसभामुख दुवैको स्थान रिक्त रहेको अवस्थामा भने ज्येष्ठ सांसदले बैठक सञ्चालन गर्नसक्ने संवैधानिक व्यवस्था छ। 

शुक्रबार सुरु हुने संसदको हिउँदे अधिवेसनको पहिलो दिन शुक्रबार (आज) बस्ने र एक साता स्थगित गरिने जानकारी दिइएको छ ।   

आज पहिलो दिन राष्ट्रपतिले पठाएको संसद आव्हान सम्बन्धि पत्र सुनाइने छ । त्यसपछि मौनधारण र शोक प्रस्ताव मात्र पास हुने कार्यतालिका तय भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *