मानेको गोलमा लिभरपुलको जित, बनायो २५ अंकको अग्रता
फागुन ४, काठमाडौं । अपराजित रहेको मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमका २५ अंकको फराकिलो अग्रता बनाएको छ । शनिबार रातिको खेलमा नर्विच सिटीलाई १–० ले पराजित गर्दै लिभरपुलले २५ अंकको फराकिलो अग्रता अग्रता बनाएको हो ।
लिभरपुलले एक खेल कम खेलेको साविक विजेता म्यानचेस्टर सिटीलाई २५ अंकले पछि पारेको हो । लिभरपुलको २६ खेलबाट ७६ अंक पुगेको छ । लिभरपुलले २५ खेलमा जित र १ बराबरीको नतिजा निकालेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ५१ अंक छ ।
लिभरपुलको जितमा साडियो मानेले ७८ औ मिनेटमा विजयी गोल गरे । बेन्चबाट मैदान छिरेका उनले खेल सकिन १२ मिनेट अगाडी गोल गर्दै लिभरपुललाई महत्वपूर्ण तीन अंक दिलाए । कप्तान जोर्डन हेन्डरसनको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए ।
लिभरपुललाई उपाधि जित्न अब बाँकी १२ खेल मध्य मात्र ५ खेलमा जित चाहिएको छ ।