धरानमा होण्डा सोरुमद्धारा दुई मोटरसाईकल र दुई स्कुटर लञ्च

धरान, सुनसरी कात्तिक १८ । होण्डा कम्पनीले नेपालमा आफ्ना व्यापार गरेको ५० बर्ष पुरा भएको उपलक्ष्य तथा चाडपर्वको शुभकामना सँगै धरान स्थित रहेको होण्डा सोरुमले दुई मोटरसाईकल र दुई स्कुटर लञ्च गरेको छ । 

शनिबार बेलुका धरान ८ स्थित होटल कञ्चनजंघा एक भव्य कार्यक्रमको आयोजना गरी सो शुभकामनासँगै शो स्कुुटर र मोटरसाईकल लञ्च गरेको हो । कार्यक्रममा प्रमुख अतिथी तथा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य किशोर कुमार कार्की लगायत बिशेष अतिथीहरुको सहभागितामा उद्घाटन गरिएको हो । 

कार्यक्रममा शुभकामाना मन्तव्य राख्दै पछिल्लो समय नेपालमा होण्डा कम्पनीका बाइक र स्कुटरहरु धेरै नै लोकप्रिय रहेको र यसले बजारमा पूर्ण सफलता पाईसकेको कार्कीले बताए । खासगरी शहरी क्षेत्रमा बाइक भन्दा होण्डाका स्कुटरको प्रयोग बढी हुने र यसले नै होण्डाको सफलताको कथा बोकेको सुनाएका थिए । 

null

सोही अवसरमा होण्डाका बहुचर्चित मोडलहरुमा नयाँ भर्सनमा १२५ सि.सि. को ग्रजिया स्कुटर र १६० सि.सि. को एक्स ब्लेड गरी दुई नयाँ मोडलहरु सार्वजनिक गरिएको थियो । जुन स्कुटर र मोटरसाईकलमा लड्दा ठोक्किदा हत्तपत्त नफुटने, कार्बोनकोटेड फाईवर युक्त बडीबाट बनेको, साईलेन्सरको मफलर मेटलबाट बनेको, सिट ओपनिक लक भएको, एल.इ.डी. हेड ल्याम्प भएका साथै मोवाईल चार्जिङ सिस्टम समेत भएको छ । 

मोटर साईकलको नयाँ भर्सन हनेटमा युवा पुस्तालाई लक्षित गरी पिकअप पावर बढाइएको नोईज लेस बनाईनुका साथै लामो समयसम्म टिक्ने सिल चेन प्रयोग गरिएको छ भने टिवन एल.ई.डी. हेडलाईट रहेको छ । त्यसैगरी होण्डाका १२५ देखि २५० सि.सि. सम्मका बाइक नेपालमा उपलब्ध छन् । भने १२५ सि.सि. को ग्रजियामा फ्रन्ट मोवाईल चार्जिङ, फिंगर चेक, सिस्टम, टेलिस्कोपी सकअपाडिस्क ब्रेक सहित ब्हिल स्पोर्टी ग्राब रेल सहितको सिस्टम रहेको छ । 

भने यसको स्कुटरको कुल लागत रकम २ लाख ८ हजार ९ सय र मोटरसाईकलको कुललागत रकम २ लाख २४ हजार ९ सय पर्ने कम्पनीका धरान शाखा प्रमुख देबेन्द्र कुवरले जानकारी दिए । त्यसैगरी सोही कार्यक्रममा मोटरसाईकल र स्कुटर गरी अर्को दुई गाडीको पनि उद्घाटन गरिएको छ जहाँ नयाँ मोटरसाईकलमा एक्स ब्लेड रोबो का फेस एलईडी हेड लाईट प्रयोग गरिएको पहिलो मोटरसाईकलको लागत रकम २ लाख ८५ हजार ९ सय रहेको छ । 

यि र यस्ता होण्डा कम्पनीका मोटरसाईकल र स्कुटरले भारत र इन्डोनेसियामा राम्रो बजार लिएको होण्डा कम्पनीले जनाएको छ । भारतिय बजारमा करिव ९० हजार पर्ने यस स्कुटरलाइ नेपालमा भने बिभिन्न भन्सार, ट्याक्स लगाएत सबै जोडेर यतिका मुल्य पर्न जाने अनुमान गर्न सकिन्छन् । हाल नेपालमा स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. ले होन्डाका बाइक र स्कुटर बिक्री–वितरण गरिरहेको छ । भने सुनसरीको धरानमा देव ट्रेडर्सले धरान ८ ले बिक्री बितरण गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *