नियमित यौनसम्पर्क गरे यस्ता रोग लाग्दैन

एजेन्सी । नियमित यौन सम्पर्क ‘सम्भोग’ गर्दा रोग नलाग्ने चिकित्सकहरुले पत्ता लगाएका छन् । हालै टर्कीको क्लिनिक अफ अंकारा टेनिंग एण्ड रिसर्च इन्स्च्यिुटले गरेको अध्ययनमा हप्तामा तीनदेखि चार दिन सम्भोग गर्दा मृगौला ‘किड्नी’मा ५–६ मिलिमिटरको पथ्थरीबाट छुटकारा मिल्न सक्ने पत्ता लागेको हो । नियमित यौन सम्पर्क ‘सम्भोग’ गर्दा रोग नलाग्ने चिकित्सकहरुले पत्ता लगाएका छन् । हालै टर्कीको क्लिनिक अफ अंकारा टेनिंग एण्ड रिसर्च इन्स्च्यिुटले गरेको अध्ययनमा हप्तामा तीनदेखि चार दिन सम्भोग गर्दा मृगौला ‘किड्नी’मा ५–६ मिलिमिटरको पथ्थरीबाट छुटकारा मिल्न सक्ने पत्ता लागेको हो ।

इन्स्च्यिुटको यूरोलोजी विभागमा ७५ जनालाई तीन अलग अलग टिममा बाडेर ३१ जनालाई हप्तामा तीन देखि चारपटक सम्भोग गर्न लगाइएको थियो । दोस्रो टिममा २१ जनालाई थम्सुलोसिन ‘एउटा औषधि जो मूत्र विसर्जन अर्थात् पिशाब बढाउनका लागि दिइन्छ’ प्रयोग गर्न लगाइयो । जबकि २३ जनाको तेस्रो टिमलाई योग्य चिकित्सा उपचारमा राखियो । दुई हप्तापछि पत्ता लाग्यो कि सेक्स ‘सम्भोग’ गर्न लगाइएको टिमका ३१ जनामध्ये २६ जनाले पथ्थरीबाट छुटकारा पाए ।

त्यसै गरी औषधि प्रयोग गर्ने २१ जनाको दोस्रो टिमबाट १० जनाको मात्रै पथ्थरी ठिक भयो । जबकि खास चिकित्सा उपचारमा राखिएका २३ जनामध्ये ८ जनाले मात्रै पथ्थरीबाट राहत पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − nineteen =