ठाकुर प्रदेश २ को मुख्यमन्त्री उम्मेदवार

“
कार्तिक १५, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रदेश २ को मुख्यमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ । संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गरेको राजपाले सो क्षेत्रमा बहुमत ल्याउने आकलन सहित ठाकुरलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
ठाकुरलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने सहमति भएपनि उनको निर्वाचन क्षेत्रबारे टुंगो लाग्न बाँकी रहेको राजपाले जनाएको छ । उनी महोत्तरी वा सर्लाहीको कुनै एक क्षेत्रबाट चुनाव लड्न सम्भावना रहेको राजपा नेता लक्ष्मणलाल कर्णल बताए ।
बुधबारमात्रै राजपा र फोरमले प्रतिनिधिसभा र प्रदेश सभामा सिट बाँडफाँट गरेका थिए । प्रदेश २ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरमले पाएको छ भने १५ सिट राजपाले लिएको छ । प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने बाँकी ३१ सिट राजपाले पाएको छ ।
मिलेर चुनाव लडेपछि प्रदेश २ मा बहुमत ल्याउन सकिने यी दुबै दलका नेताहरुले दाबी गर्दै आएका छन् ।
त फन्टमा भएका अक्षरहरु यहाँ पेस्ट गर्नुहोस् ।
“








