काठमाडौंमा मेग गर्जनसहित हावाहुरी र वर्षा

काठमाडौं, २३ चैत्र । काठमाडौंमा आज विहानैबाट मेग गर्जनसहित हावाहुरी चलिरहेको छ । हावाहुरीसहित पानी पनि परिरहेको छ । पश्चिमी वायूको प्रभाव र न्यूनचापिय रेखा पश्चिमतिर सक्रिय रहेकाले मौसममा बदली आएको हो । 

प्रि मनसुनको सिजन भएको र यो सिजनमा हावाहुरी र चट्याङ्गसहित पानी पर्ने गरेको जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार अझै तीन दिन मौसममा बदली आउने छ । यद्यपि आजको तुलनामा आइतबार र सोमबार केही कम हुनेछ ।विभागका अनुसार आज देशका अधिकांस भूभागमा सामान्य देखि पूर्णतया बदली रहनेछ भने केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हुरी बतास चल्ने छ भने वर्षा पनि हुने छ । उच्च हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । तराईका भूभागहरुमा हुरी बतास चल्ने सम्भावना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *