नेपाल र अष्ट्रियाबीच व्यापारिक सम्झौता

कार्तिक १४, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उद्योगमन्त्री सुनिलबहादुर थापाको उपस्थितिमा महासंघका अध्यक्ष भवानी राणा र अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरका उपाध्यक्ष रिचार्ड सेन्चले उक्त सम्झौतापत्रमा हस्तारक्षर गरे ।

नेपाल र अष्ट्रियाको आर्थिक सम्बन्धको सवलीकरण तथा विकासलाई महत्व दिन गरिएको उक्त सम्झौतामा द्विपक्षीय व्यापार, लगानीका अवसर तथा औद्योगिक सहकार्य, प्रविधिमा सहकार्य विस्तारका लागि तेस्रो मुलुकमा पनि सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । दुई संस्थाबीच सन् १९९३ मा भएको सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ ।

विभिन्न आठ बुँदामा भएको सहमतिमा दुवै पक्षको चासो र हितलाई विस्तार गर्न सहजीकरण गर्दै अघि बढ्ने, व्यापारी प्रतिनिधि आदानप्रदान गर्ने, साझा विषयलाई आदानप्रदान गर्नेजस्ता विषय उल्लेख गरिएको छ ।

सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगमन्त्री थापाले अष्ट्रिया र नेपालबीच भएको औैद्योगिक ज्ञान, सिप तथा प्रविधिलाई आदान÷प्रदान गर्नुपर्नेमा जोड दिए ।

नेपालका लागि अष्ट्रियाका राजदूत ब्रिजीट ओपिङ्गरले आफ्नो मुलुकका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गरेर फाइदा लिन आग्रह गरिएको जानकारी दिँदै आगामी दिनमा दुई देशबीचको व्यापारिक सम्बन्ध अझ प्रगाढ भएर जाने विश्वास व्यक्त गरे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =