सुपरस्टार आमिर खानको अनौठो स्वभाव : हिरोइनलाई दोहोर्याउन चाहन्नन्
२०७४ जेठ १५ गते

“
मुम्बइ । बलिउड सुपरस्टार आमिर खानको अनौठो स्वभाव छ । उनी एकपटक काम गरिसके पछि उहि हिरोइनसँग फेरी दोहोर्याएर काम गर्न चाहन्नन् । विशेष कारण बाहेक उनले हिरोइन दोहोर्याएर काम नगर्ने बताएका छन् ।
मिस्टर परफेक्सनिष्ट भनेर चिनिने अभिनेता अमिरले चर्चित हिरोइन कट्रिना कैफ र अनुष्का शर्मासँग यहि कारण काम गर्न कुराको खुलासा हालै एक अन्तरवार्तामा नचाहेको खुलासा गरेका छन् । खासमा आमिर पछिल्लो समय कुनै पनि फिल्ममा हिरोइन दोहोर्याउन चाहन्नन् । आमिरले कट्रिनासँग फिल्म धुम ३ र अनुष्कासँग पीकेमा काम गरिसकेका छन् । यही कारण उनले आगामी फिल्ममा उनीहरुलाई नदोहोर्याउने बताएका हुन् ।
उनले दर्शकलाई केही नयाँ दिने आफ्नो चाहनाका कारण हिरोइन पनि नयाँ खोज्ने गरेको खुलाएका हुन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








