त्रिविका सहायक डीन बौवालाल साह निलम्बित
२०७५ फागुन ९ गते

फागुन ८, काठमाडौँ । केन्द्रीय त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले शिक्षाशास्त्र सङ्कायका सहायक डिन बौवालाल साह निलम्बन गरेको छ ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को आज बसेको आकस्मिक बैठकले सहायक डिन साहलाई निलम्बन गरेको हो ।
null
यौन दुव्र्यवहारको आरोपमा प्रहरी नियन्त्रणमा रहेका साहले विश्वविद्यालयको मान, प्रतिष्ठा र गरिमा घटाउने अत्यन्त अनुशासनहीन तथा निन्दनीय कार्य गरेका कारण उनलाई विश्वविद्यालयको कुनैपनि कामकाज गर्न नपाउने गरी निलम्बन गरिएको रजिस्टार डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए ।
२०७५ फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित








