न्युजील्याण्डविरुद्धको एकदिवसीय सिरिज भारतको कब्जामा

नयाँ दिल्ली । कानपुरमा भएको एकदिवसीय सिरिज भारतले २–१ ले जितेको छ । भारतले न्युजिल्यान्डलाई ६ रनले पराजित गर्दै सिरिजमाथि कब्जा गरेको हो हो । कप्तान बिराट कोहली र रोहित शर्माको ओशंदार शतकको मद्धतले न्युजिल्यान्डविरुद्ध भारत हावी भयो ।

पहिले ब्याटिङ गर्दै भारतले दिएको ३ सय ३८ रनको लक्ष्य पछ्याएको पाहुना टोली न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३१ रन मात्र बनाउन सक्यो ।

न्युजिल्यान्डका लागि कोलिन मुर्नाेले ७५, केन विलियमसनले ६४ र टम लाथमले ६५ रन बनाए । भारतका बलर जसप्रित बुमराहले ३ र युजवेन्द्र चहालले २ विकेट लिएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत कप्तान विराट कोहली र ओपनर ब्याट्सम्यान रोहित शर्माको सतकले भारतले ६ विकेट गुमाएर ३३७ रन बनाएको थियो ।

खेलमा कोहलीको १ सय १३ र रोहितको १ सय ४७ रन बनाएका थिए । यी दुईले दोस्रो विकेटका लागि २ सयभन्दा ३० रनको साझेदारी गरेका थिए । यस्तै महेन्द्रसिंह धोनीले २५ रन बनाए । केदार जाधवले १८ र शिखर धवनले १४ रन बनाएका थिए ।
न्युजिल्यान्डका लागि टिम साउथी, मिल्ने र सान्टनेरले २–२ विकेट लिएका थिए । भारत र न्युजील्याण्ड अब ३ वटा टि–२० खेल खेल्ने छन् । टि–२० को पहिलो खेल आगामी नोभेम्बर एक मा दिल्लीमा हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + fifteen =