मातेर ‘अति’ गर्न खोजेपछि श्रीमतीले काटिदिइन् श्रीमानको जनेन्द्रिय

भारत । भारतको तेलांगना राज्यमा एक महिलाले आफ्नो श्रीमानको जनेन्द्रीय काटिदिएकी छन् । आफ्ना बालबच्चाकै अगाडि श्रीमानले मदिरा खाएर आवेगमा बलात्कार गर्न खोजेपछि ती महिलाले श्रीमानको जननेन्द्रिय काटिदिएकी हुन् ।

आफूलाई मातेर अति गर्न खोजेपछि त्यसो गर्नुपरेको उनले प्रहरीसामु बयान दिएकी छिन् । उनीविरुद्ध प्रहरीले हत्याको अभियोगमा मुद्दा चलाएको छ ।

उनले भान्साको चक्कुले श्रीमानको जननेन्द्रिय काटेको प्रहरीसामु बताइन् । महिलाको नाम गोप्य राखिए पनि उनको श्रीमान् ४० वर्षीय रविन्द्र रहेका छन् । उनी अहिले अस्पतालमा छन् । यद्यपि शल्यचिकित्सकहरुले उक्त काटिएको जननेन्द्रिय जोड्न सक्छन् कि सक्दैनन् यसै भन्न सकिने अवस्थामा नरहेको बताइएको छ ।

महिलाका पति रविन्द्र मदिरा पिएर घर आएको दिन जहिल्यै श्रीमान श्रीमतीबीच झगडा पर्ने गरेको उनका छिमेकीहरुले बताएका छन् । रविन्द्रको अहिले जमिकुन्तामा रहेको सरकारी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले आफूविरुद्ध हत्याको मुद्दा दर्ता गरे पनि श्रीमतीले भने आत्मरक्षाको लागि त्यसो गर्नुपरेको जिकीर गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + one =