कैलालीमा विष दिनमा चारजना बेपत्ता भएपछि…

विष्णु जोशी, धनगढी । कैलालीको लम्की चुहा नगरपालिका अन्तर्गतको पितरामणी भंगालमा बिस दिनको अवधिमा चार जना वेपत्ता भएपछि नेपाल प्रहरीले सुरक्षाको हिसाबले कर्णालीदेखि उत्तरको क्षेत्रमा पिकनिक र घुमफिर जानमा रोक लगाएकाे छ । कर्णाली उत्तरको भेगमा असोज १५ गते दुई जना युवक र सोमबार मात्रै दुई जना बालबालिका नदीमा बेपत्ता भएपछि प्रहरीले त्यहाँ जान रोक लगाएको कैलालीका प्रहरी उपरिक्षक जनकराज पाण्डेले बताए । उनले स्थानीय जनप्रतिनिधिहरुसँग छलफल  गरेर त्यो क्षेत्रको कर्णाली किनारमा तारबार गर्नका लागि प्रहरी चौकी चिसापानीलाई निर्देशन दिएको बताए ।

प्रहरीले, त्यस क्षेत्रको जोखिमका बारेमा चिसापानी बजारमा सन्देशमुलक होर्डिङ बोर्ड लगाउने पनि तयारी गरिरहेको छ । सोमबार देउसी भैलो खेलेर पिकनिक गएका कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर २ का जगन्नाथ धमलाका छोरा १४ वर्षका चक्र धमला र सोही स्थानका राम प्रसाद धमलाकाकी १० वर्षकी छोरी सर्मिला धमला कर्णालीमा बेपत्ता भएका थिए ।

यसअघि असोज १५ गते मात्रै दुई जना युवक बेपत्ता भएका थिए । २० दिनमै घटना दोहोरिएपछि प्रहरीले त्यस क्षेत्रमा जान रोक लगाएको हो । पिकनिक स्पोट नजिकै कर्णाली नदीमा भुमरी जस्तो भंगालो भएकाले त्यहाँ पौडिन जानेहरु डुबी रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − ten =