फिफा वर्ष खेलाडीकाे उपाधि जितेपछि मेस्सी विरूद यसरी खनिय राेनाल्डाे

एजेन्सी । विश्वको उत्कृष्ट फुटबल अवार्ड पाएपछि रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेसीसँगको आफ्नो प्रतिद्वन्दीता समाप्त नभएको बताएका छन् । फिफा वर्ष खेलाडीको उपाधिमा मेस्सीको बराबरी गरेका रोनाल्डोले बेलायती मिडियालाई प्रतिक्रिया दिने क्रममा भने, ‘हाम्रो प्रतिद्वन्दीता समाप्त भएको छैन । सुरुवात हुँदैछ ।’

यस अघि नै ३० वर्षीय मेस्सीले वर्ष खेलाडीको उपाधि ५ पल्ट जितिसकेका थिए । यसलाई मङ्गलवार बिहान ३२ वर्षीय रोनाल्डोले बराबरी गरेका थिए ।  उपाधि जिते पश्चात् राेनाल्डाेले मेस्सीको खेल्ने तरिका र आफ्नो भिन्न भएको औलाउँदै भने, ‘मेरो तुलना मेसीसँग हुन सक्दैन् । हामी दुवै एउटै समयमा खेलिरहेका छौँ । उनले ५ पल्ट जितिसकेका छन् । मैले पनि जिते ।’

उनले भविष्यमा के हुन्छ, योभन्दा पनि अहिलेको समयलाई आफूले मजा उठाएको बताए । ‘यो समय मेरो जीवनकै उत्कृष्ट क्षण हो । भोलि के हुन्छ, कसलाई थाहा छ ?’ उनले भने । रोनाल्डोले आफू विश्वको उत्कृष्ट क्लबमा आबद्ध भएर आफ्नो खेल कौशल देखाउन सफल भएकोमा खुसी व्यक्त गरे । उनले अहिले पनि शारीरिक रूपमा बलियो भएको र उत्कृष्ट प्रदर्शन गर्न सक्षम रहेको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 1 =