भाइटिकाको दिन चोभारमा दाजु र भाइको भयाे यस्तो वियोग

कात्तिक ५, काठमाडौँ । क्षेत्रपाटीका समीर भुजेल र उनका भाइ सविन शनिवार भाइटिका लगाएपछि माउन्टेन बाइक लिएर चोभारतिर गए । चोभारको जङ्गलको साँघुरा बाटोमा उनीहरू ‘एडभेन्चर साइक्लिङ’ मा रमाइरहेका थिए । भाइ सविन अगाडि हुइँकिइरहेका थिए भने समीर अलि पछाडि थिए । तर, एउटा डाँडा छिचोलिसक्दा पनि पछाडि रहेका दाइ नआइपुगेपछि सविन फर्किए । फर्कँदा स्थानीयहरुले साइकलमा सवार एक जना डाँडाबाट खसेको बताए ।

गएर हेर्दा उनकै दाइ समीर थिए । बोलाउँदा दाइ बोलेनन् । उनको घटनास्थलमै मृत्यु भइसकेको थियो । साइकल चिप्लिएर करिब ५० मिटर तल खस्दा समीरको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी नारायण चापागाईँले बताए । उनीहरू सिन्धुपाल्चोकको भोटेचौर घर भई क्षेत्रपाटी बस्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =