अाजकाे राशिफल

कात्तिक २, काठमाडाैं ।

मेष राशि –चु, चे, चो, ला, लिई, लु, ले, लो, अ

सामाजिक कार्यका क्षेत्रमा समय ब्यतित हुन सक्नेछ । तपाईका कार्यमा भएको त्रुटिको प्रतिपक्षीहरुले फाइदा लिन सक्नेछन साथै सामान्य अपजस को सामना पनि गर्नु पर्न सक्नेछन । नयाँ लगानीका क्षेत्रमा समय उत्तम देखिएको छैन । शारीरिक आलस्यताले सताउन सक्नेछ ।
बिश्वासीला व्यक्तिहरू बाट धोका हुन सक्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मन प्रशन्न रहला । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धी समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ । चाढो क्रोधको सिकार भइने छ, सजग रहनु होला । पारिवारिक समस्याले सताउन सक्छ । सामान्य चुनौती पश्चात् आम्दानी राम्रो रहनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । बिद्या प्राप्ति योग रहने छ । सङ्गीत क्षेत्रमा रुचि जाग्नेछ । धैर्य धारण गर्ने क्षमतामा वृद्धि हुनेछ । आय मूलक कार्यको थालनी हुनेछ । निर्णय गर्ने क्षमता मा वृद्धि हुने योग रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डी, डु, डे, डो

मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यको निम्ति धेरै समय ब्यतित हुनाले मानसिक तनावको सामना गर्नु पर्नेछ । दिन मध्यम रहनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटपटकको सिकार लाग्न सक्छ, सजग रहनु होला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । नयाँ लगानीको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला ।

कन्या राशि – टो, प, पी, पु, ष, ण, ठ, पे, पो

निर्णय गर्ने क्षमतामा कमी आउनेछ । नयाँ कार्य थालनीका निम्ति आट र साहसको कमी आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबी देखा पर्नेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो
हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ती, तु, ते

नयाँ कार्य क्षेत्रमा लगानी नगरेकै बेस हुनेछ । खराब सङ्गतका कारण सामान्य अप्जस सहनु पर्ला । शत्रु वृद्धि हुनसक्छन् । जीवन साथीको सहयोग द्वारा गरिएका काममा सफलता प्राप्त हुनेछ । नेत्र सम्बन्धी समस्याले सामान्य खर्च हुनसक्ने योग रहेको छ । एकान्त वातावरणमा मन रम्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यी, यु

पुरानो लगानी उठाउने राम्रो समय रहेको छ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । मित्र जनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पूग्नेछ । पारीवरिक सुख प्राप्त हुनेछ । प्रतिस्पर्दा मूलक कार्यमा विशेष सफलता प्राप्त हुने योग रहेको छ । समय राम्रो
रहेको छ ।

धनु राशि – ये, यो, भ, भी, भु, ध, फा, ढ, भे

पारिवारको साथ सहयोग द्वारा आम्दानी क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । कार्य क्षेत्रको लापरबाहीले सामान्य झन्झट आईपर्ला ।

मकर राशि – भो, ज, जी, खि, खु, खे, खो, गा, गि

साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । सङ्गीत क्षेत्रमा रुचि जाग्नेछ । धैर्य धारण गर्ने क्षमतामा वृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । पेट सम्बन्धी समस्याले सताउन सक्छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्रा झन्झट पूर्ण रहनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सी, सु, से, सो, द

मनोरञ्जन मूलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । भोज भतेरमा सरीक हुने समय रहेको छ । सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मनोरञ्जन मूलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । भोज भतेरमा सरीक हुने समय रहेको छ । सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + twelve =