पृथ्वीनारायण शाहको सालिक राख्न सङ्घर्ष समिति

“
असाेज ३०, पोखरा । पोखराको मुख्य चोक पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक पुनः स्थापना गर्न माग गर्दै संयुक्त सङ्घर्ष समिति गठन भएको छ । शङ्कर खरालको संयोजकत्वमा गठित पृथ्वीनारायण शाह सालिक पुनस्थापना संयुक्त सङ्घर्ष समितिको सहसंयोजकमा रामप्रसाद बस्ताकोटी, पदमबहादुर कार्की, क्याप्टेन फमबहादुर शाही, गणेश बराईली, राजु परियार छन् ।
सचिवमा अशीलकुमार शाही छन् भने सदस्यमा शेर उच्चै ठकुरी, श्यामबहादुर श्रेष्ठ, गोविन्दबहादुर खाँण, रतन मल्ल, उत्तम जोशी, तीर्थप्रसाद अधिकारी, दया बराल, दिलनाथ अधिकारी, रामजीप्रसाद बराल, संगीता तिम्सिना र पार्वती पौड्याल छन् । चार सदस्यीय सल्लाहकारमा प्रा डा दिलबहादुर क्षत्री, डा नारायण अधिकारी, प्रा डा चन्द्रबहादुर थापा र नेत्रबहादुर सेन रहेका छन् ।
सुरुमा उक्त स्थानमा पृथ्वीनारायण शाहको सालिक थियो । तर, ०६२ सालमा माओवादीहरुले पृथ्वीनारायण शाहको सालिक भत्काएपछि नेपालका प्रथम सहिद लखन थापाको सालिक राखिएको थियो । पोखराको मुख्य चोकहरुमा ठुला र भद्धा आइल्याण्ड भएका कारण सवारी जाम हुन थालेपछि पोखरा लेखनाथ महानगरपालिकाले आइल्याण्ड घटाउने क्रममा लखन थापाको सालिक हटाईएको थियो ।
मध्यरातमा सालिक हटाएपछि विभिन्न सङ्घ, संगठनहरुले सालिक हटाएकोमा विरोध जनाएपछि पुनश्चः महानगरपालिकाले उक्त स्थानमा आनो आकारमा सालिक निर्माण गर्ने सहमति जनाएपछि महानगरपलिका र मगर सङ्घ लगायतलाई विपक्षी बनाएर उच्च अदातल पोखरामा मुद्दा दाय गरिएको थियो । मुद्धादायर लगत्तै उच्च अदालतले विपक्षीका कारण देखाऊ आदेश जारी गरेको थियो । बादीको तर्फबाट उच्च अदालत पोखरामा दायरगरेको मुद्धामा पहिले पृथ्वीनाराण शाहको सालिक भएकोले यस ठाउँमा लखन थापाको सालिक नराखी पृथ्वीनारायण शाहकै सालिक राखिनुपर्ने माग समेत गरेको थियो ।
महानगरपालिका जिल्ला प्रशासन र मगर सङ्घ बिच लखन थापाको सालिक पुन सोही राख्ने निर्णयले आफूहरू मर्माहत भएको भन्दै त्यस ठाउँमा सालिक राखिए पृथ्वीनारायण शाहकै सालिक राखिनुपर्ने माग सङ्घर्ष समितिको छ ।
“








