विराट व्यापार संघद्धारा रक्तदान र स्वास्थ्य परिक्षण

 

असार १२, विराटनगर । विराटनगरमा भइरहेको रगत अभाव पूर्ती गर्ने उदेश्यले बिहिबार रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । 

उद्योगी व्यवसायीको हकहितका पक्षमा रहदैँ आएको विराट व्यापार संघले आफ्नो १९ औँ स्थापना दिवसका अवसरमा बृहत खुल्ला रक्तदान तथा निशुल्क स्वास्थ्य परिक्षण शिविर आयोजना गरेको हो । 

null

प्रत्येक वर्ष दिवसका अवसरमा नियमित सामाजिक काम गर्दै आएको संघले विराटनगरमा यस वर्ष पनि बृहत खुल्ला रक्तदान तथा निशुल्क स्वास्थ्य परिक्षण शिविर आयोजना गरेको हो । 

 

बृहत खुल्ला रक्तदानमा ७२ पिन्ट रगत संकलन भएको छ । त्यस्तै १०५ जनाले मधुमेह र उच्च रक्तचापको परिक्षण गराएका छन् । रक्तदान कार्यक्रममा संघमा आवद्ध उद्योगी, व्यवसायी, युवा, विद्यार्थी, समाजिक अभियान्ता, समाजसेवी, बुद्धिजिवि लगायत सडकमा हिँड्ने यात्रुहरुले समेत स्वेच्छाले रक्तदान गरेको अध्यक्ष सुजन थापाले जानकारी दिए ।  

उनले भने,‘यो खुल्ला रक्तदान र स्वास्थ्य परिक्षण गरिएको हो । धेरै उत्सुक भएर सडकमा हिँड्दै गरेका दाजु भाई दिदिवहिनिहरुले पनि रक्तदान गर्नु भएको छ ।’ 

अध्यक्ष थापाले संघ उद्योगी व्यापारीको हक हितका लागि भएपनि थुप्रै सामाजिक कार्यहरु पनि नियमित गर्दैै आएको जानकारी दिए । ‘हामी व्यपारिले सँधै नाफा कमाउने ध्यानमा मात्र हुनुहुँदैन, समाज प्रतिको दायीत्व पनि हाम्रो छ ।’ उनले भने ‘हामीले आज दिवसको अवसरमा यो कार्यक्रम गर्याै । तर, यति मात्र होइन हामीले नियमित विभिन्न सामाजिक कामहरु समेत गर्छौँ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *