संविधानसभा निर्वाचनको छानबिन समितिको प्रतिवेदन अनुमोदन

काठमाडौं, असोज २७ । व्यवस्थापिका–संसदको शुक्रबारको बैठकले ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ ।

प्रधानमन्त्रीका तर्फबाट ‘कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले सो विधेयक पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत् गरेका थिए ।

विधेयकमा सांसद डिल्लीप्रसाद काफ्ले र मीना पुनले राखेको संशोधन प्रस्ताव बैठकको बहुमतले अस्वीकृत गरेको छ ।

बैठकले ‘भाषा आयोग विधेयक, २०७४’लाई पनि सर्वसम्मतिले पारित गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले पेस गरेको सो विधेयकमाथि काफ्ले, धनीराम पौडेल, लक्ष्मण राजवंशी, प्रेम सुवाल, हितराज पाण्डे र श्यामकुमार श्रेष्ठ (काभ्रेपलाञ्चोक)ले १४ ओटा संशोधन प्रस्ताव राख्दै राष्ट्रभाषाको स्पस्ट व्याख्या गर्नुपर्ने, आयोगलाई तीन महिला सदस्यसहित ११ सदस्यीय बनाउनुपर्ने र कावा अध्यक्ष तोक्दा अध्यक्षले तोक्ने व्यवस्था हुनुपर्ने बताए ।

सभामुखले संसदको चालू अधिवेशनमा विभिन्न बैठकमा विविध कारण लगातार १० दिनभन्दा बढीका बैठकमा अनुपस्थित रहेका सांसदको नामावली पढेर सुनाइन् ।

अनुपस्थित रहने सांसदमा रामकुमार सुब्बा (३१ पटक), दुर्गा पौडेल (२८ पटक), डा. बाबुराम पोखरेल (२७ पटक) र सूर्यकुमार शिवाकोटी (१९ पटक)लगायत छन् ।

संसदको अर्काे (अन्तिम) बैठक यही असोज २८ गते अपराह्न ३ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =