१३ औं सागः स्विमिङमा शाह र लामाले बनाए राष्ट्रिय कीर्तिमान

मंसिर १९, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा अन्तर्गत आज भएको पुरुषतर्फको स्विमिङ २ सय मिटर फ्रिस्टाइलमा एलेक्स्जेन्डर शाहले नयाँ राष्ट्रिय किर्तिमान बनाएका छन् ।   

शाहले २ः०ः३० को नयाँ किर्तिमानी बनाएका हुन् । यसअघि सन् २०१४ को फिना स्विमिङ वल्र्ड कपमा शिरिस गुरुङले राष्ट्रिय किर्तिमान बनाएका थिए । गुरुङले बनाएको २ः०ः३३ को रेकर्ड तोड्दै शाहले नयाँ किर्तिमान बनाएका हुन् ।   

त्यस्तै महिलातर्फको स्विमिङ २०० मिटर ब्रेडस्ट्रोकमा डुवाना लामाले पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। नेपालगञ्जमा भएको ८ औं राष्ट्रिय खेलकुदमा बनेको २ः५५ः०९ को रेकर्ड तोड्दै लामाले २ः४८ः५७ को नयाँ कीर्तिमान बनाएकी हुन्। 

घरेलु मैदानमा भएको १३ औं सागका खेलहरु जारी छन् । सागअन्तर्गत अहिलेसम्म सम्पन्न खेलमा नेपाल अत्यधिक स्वर्ण पदक पाउने देशको दोस्रो स्थानमा छ भने भारत पहिलो स्थानमा छ ।   

५० स्वर्ण पदक पाउने लक्ष्य लिएको नेपालले अहिलेसम्म ३२ स्वर्ण प्राप्त गरिसकेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =