लेबनान भ्रमण रद्ध गरेका ऋषि धमलाले यसरी पत्रकारहरुलाई हसाउँनसम्म हसाए

काठमाडौं, असोज २३ । पत्रकार ऋषि धमला बेला बेलामा मजाकको पात्र बन्ने गर्छन् । दशैँमा श्रीमतीलाई खुट्टा ढोग्न लगाएर त कहिले अतिथीहरुलाई अण्टसण्ट प्रश्न सोधेर । यस्तै, लफडाका माहिर धमलाले फेरि पत्रकारहरुलाई चकित बनाएका छन् । पत्रकारहरुलाई ई–मेलमार्फत् एक समाचार सम्प्रेषण गरेपछि अहिले फेरि उनी हाँसोको पात्र बनेका छन् ।

आफ्नै बारेमा समाचार लेखाउन लगाएपछि र समाचार छाप्नका लागि पत्रकारहरुलाई ई–मेलमार्फत सम्प्रेषण गरेपछि पत्रकारहरु खित्का छाँडेर हाँस्नुपरेको । हिजो आइतबार धमलाले २३ गतेको लेबनान भ्रमणमा नगएर रद्ध गरेको र यो महिना मात्रै तीन वटा विदेश भ्रमण क्यान्सिल नामक शिर्षकमा समाचार सम्प्रेषण गरेसँगै पत्रकारहरु खित्का छाडेर हाँस्नु परेको हो ।

रिपार्टस क्लब नेपालको अध्यक्षसमेत रहेका पत्रकार धमलाले आफैले क्लबमार्फत धमला लेबनान् भ्रमणमा किन गएनन् ? भन्ने समाचार पत्रकारहरुलाई इमेलमार्फत समाचार सम्प्रेषण गर्दा मजाकको पात्र बनेसँगै यसबारे पत्रकारहरुले सम्पर्क गर्दा धमलाले फोन स्विच अफ पारेर सम्पर्कहीन भएको बताइएको छ ।

रिपोर्टस नेपालले पठाएको समाचार

‘पत्रकार ऋषि धमला किन गएनन् लेबनान ? यो महिना मात्रै तीन वटा विदेश भ्रमण क्यान्सिल’ शिर्षकमा अध्यक्ष धमलाको क्लब रिपोर्टस नेपालबाट पत्रकारहरुलाई समाचार पठाइएको थियो ।

देशमा राजनीतिक घटनाक्रम तिब्र रुपमा ध्रुविकरण भएसँगै पत्रकार ऋषि धमलाको व्यस्तता निकै बढेको र आगामी प्रदेश र प्रतिनिधिसभाको चुनाव नजिकिदै गर्दा नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबिच चुनावी तालमेल र पार्टी एकतासम्मको प्रक्रिया सुरु गरे लगत्तै धमलाको व्यस्तता बढेको समाचारमा उल्लेख गरिएको छ । समाचारमा वाम एकताको प्रक्रिया सुरु भएलगत्तै लोकतान्त्रिक गठबन्धन निर्माणको पनि प्रक्रिया अगाडि बढिरहेको छ र त्यसको पूर्णताका लागि धमलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेताहरुबाट धन्यवाद आएको बताइएको छ ।

समाचारमा लेखेर पठाइएको छ ‘तर यसबारेमा हाम्रा संवाददताले उनीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।’

आगामी प्रतिनिधि सभाको चुनावमा दाङ क्षेत्र नम्बर–२ बाट समानुपातिक तर्फ उम्मेदवारको बन्ने भएपछि उनको राजनीतिक व्यस्तताकै कारणले नेपाली सेनासँगै लेबनान जाने आज (२३ गते) सोमबारको कार्यक्रम क्यान्सिल गरिएको उल्लेख छ । यससँगै उक्त भ्रमण धमला सहभागि नहुने बताइएको छ । भ्रमणका लागि संचारगृहका पत्रकारहरु सहभागि हुने कार्यक्रममा धमलाको नाम अग्रपंक्तिमा रहेको थियो तर एक्कासी भ्रमण रद्ध गरे किन लेबनान गएनन् रु भनेर सम्पर्क गर्दा उनी राजनीतिक गठबन्धन निर्माणमा व्यस्त र राजनीतिक रिपोटिङमा पनि क्रियाशिल हुनुपर्ने भएकाले अन्तिममा आएर लेबनान भ्रमण रद्द गरेको बताइएको छ ।

नेपाली सेना सुत्रका अनुसार असोज २३ गते लेबनान जानका लागि सबै प्रक्रिया पूरा गरिसके पनि धमलाले जान नसक्ने जानकारी नेपाली सेनालाई गराएको धमलाको क्लबले समाचार सम्प्रेषण गरेको छ ।

त्यस्तै धमलाले अष्ट्रेलियामा भएको एनआरएनको एक कार्यक्रममा पनि जाने भनी टिकट काटिए पनि भ्रमण रद्द गरेका थिए । अष्ट्रेलियाको सिड्नीमा भएको कार्यक्रममा एनआरएन अष्ट्रेलियाले निम्तो गरेको थियो । असोज ३ गतेदेखिको सिड्नीको कार्यक्रम धमलाले क्यान्सिल गरेका थिए । त्यस्तै बेलायतका नेपालीहरुले आयोजना गरेको कार्यक्रममा जाने भनिए पनि धमला गएनन् । गत असोज १० गतेदेखि हुने कार्यक्रममा उनी जाने भनिएको थियो ।

आगामी चुनावमा धादिङ जिल्ला कांग्रेसले समानुपातिकमा नाम सिफारिस गरेपछि धमलाको सक्रियता अझै बढेको हो । नाम सिफारिस गरेपछि उनलाई सासंद बन्नका लागि तयार हुन चौतर्फी दबाब बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 5 =