बजार अभावले मूर्तिकला पेसा सङ्कटमा

बाजुरा, २२ असोज । दुर्गम भेगमा रहेको बूढीनन्दा नगरपालिका–९ का कर्णप्रसाद जैशीले मूर्ती बनाउन थालेको १० महिना बितेको छ । भारत जान घरबाट निस्केका जैशी आठ दिनसम्म साँफे–मार्तडी सडक निर्माणमा ज्यालादारीको काम गरे । यसैबिच अचानक उनमा स्वरोजगार बन्नका लागि मूर्ती बनाउने सोच आएकाले यसैतर्फ होम्मिएका थिए ।

भारतको यात्रा थाति राख्दै मूर्ती बनाउन थालेको १० महिना बित्यो, मूर्ती बनाए पनि बजार नपाएकाले सोचे जस्तो आम्दानी नभएको मूर्तिकार जैशीले बताए । अहिले सोचेभन्दा कम आम्दानी भएको छ मूर्ती बेचेर छ जनाको परिवार पाल्नुपर्ने बाध्यता जैशीमा छ तर बजार अभावले मूर्ती बनाउने पेसा सङ्कटमा पर्ने हो की भन्ने चिन्ता उनमा छ ।

जैशीले भने, “मूर्ती बनाउने आवश्यक उपकरण नहुँदा काममा ढिलाइ हुन्छ तर त्यस्ता उपकरण पाए दैनिक २० वटाभन्दा बढी मूर्ती बनाउन सक्छु ।”

मूर्तिकला केन्द्र बनाइ यसलाई स्तरोन्नति गर्दै उद्योग बनाउने सोच उनको छ । दश महिनाभित्र रु तीन लाखभन्दा बढीको कारोबार गरेका मूर्तिकार जैशीका प्रतिमूर्ति रु २५ हजारदेखि रु ६० हजारसम्ममा बिक्री हुने गरे पनि समयमै मूर्ती विक्री नहुँदा खर्च बढेको उनको गुनासो छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eleven =