धरानका कराते खेलाडीलाई नगर प्रमुख तारा सुब्बाद्धारा बिदाइ

“
भरतराज शर्मा, धरान । भारत जयपुरमा हुने आठौ अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालको तर्फबाट भाग लिन जाने धरानका खेलाडी तथा प्रशिक्षकहरुलाई धरान नगर सरकारका प्रमुख तारा सुब्बाले शनिवार बिदाइ गरेका छन् ।
सितेरीयो कराते सङ्घ सुनसरीको आयोजनामा धरान ९ स्थित कर्भड हलमा आयोजित खेलाडी बिदाइ कार्यक्रममा धरान नगर सरकारका प्रमुख तारा सुब्बाले खेलाडीहरुलाई शुभकामना दिँदै खेलाडिहरुलाई प्रोत्साहनको लागि धरान उपमहानगरको तर्फबाट प्रोत्साहन स्वरूप नगद २५ हजार रुपैयाँ पनि टिमलाई हस्तान्तरण गरेका थिए ।
नेपालको तर्फबाट धरानका रोसिमारानि राई र अशेष मगर प्रतियोगितामा सहभागी हुँदै छन् । खेलाडीहरु लिएर खेलका मुख्य प्रशिक्षक तथा सितेरियो कराते सङ्घ सुनसरीका अध्यक्ष कुवेर राईको नेतृत्वमा टोली जाने छ ।
धरानबाट सहभागी खेलाडी रोसिमारानिले ५५ केजि माथिको तौल समूहमा काता, कुमेतेइ र खुल्ला गरी तिन विद्यामा प्रतिस्प्रधा गर्ने छिन् भने अशेष मगरले ५५ केजि तौल समूहमा काता र कुमेतेइमा प्रतिस्प्रर्धा गर्ने छन् ।
नेपालको प्रतिनिधित्व गर्दै १ न. प्रदेशबाट ९ जना खेलाडी, प्रशिक्षक र अफिसियल गरेर १५ जनाको टोली आइतबार जयपुर भारत प्रस्थान गर्ने नेपाली टिमका मुख्य प्रशिक्षक कुवेर राईले जानकारी दिए । नेपाली टिमको बिदाइ कार्यक्रममा खेलाडीहरुलाई एक एक थान ट्रयाक सुट पनि वितरण गरिएको थियो । सितेरियो कराते २०३५ सालमा धरानबाट नै सुरु भएको थियो ।
“








