संसद्‌मा मुठभेडको अवस्था आउन नदिन नेकपा–कांग्रेस बैठक

 

माघ ९, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. केसीको समर्थन गर्दै संसद अवरुद्ध गरिरहेकाके प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग सहमति जुटाउन पहल गरिरहेको छ । 

कांग्रेसले बारम्बार बैठक अवरुद्ध पारेपछि प्रतिनिधिसभा बैठक शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सभामुख कृष्णबहादुर महराको पहलमा सर्वदलीय बैठक राखिएको छ । 

null

संसद भवन बानेश्वरमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका उपनेता विजय गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँड, सत्तापक्ष नेकपाका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरूङ, कानुनमन्त्री भानुभक्त ढकाल र उपसभामुखबीच छलफल भएकाे छ । 

नेपाली कांग्रेसले मंगलबार प्रतिनिधि सभाको बैठक पटक पटक अवरोध सिर्जना गरेपछि स्थगित बैठक आजका लागि आव्हान गरिएको छ। 

सरकारले आज संसदमा चिकित्सा शिक्षा विधेयक पेस गर्दैछ। जसरी पनि पारित गर्ने रणनीतिमा सरकार रहेपछि प्रतिपक्षी कांग्रेसले त्यस्तो अवस्था आए मुठभेड हुन सक्ने चेतावनी दिएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =