थाइल्याण्डद्वारा नेपाललाई १२५ रनको लक्ष्य

 

फागुन ९, काठमाडौँ । आईसीसी टी–२० महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको दोस्रो खेलमा थाइल्याण्डले नेपाललाई १२५ रनको लक्ष्य दिएको छ । बिहीबार भएको खेलमा थाइल्याण्डले नेपाललाई जितका लागि १२५ रनको लक्ष्य दिएको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १२४ रन बनायो । थाइल्याण्डको लागि चानिदा सिथुरुवाङले सर्वाधिक ३५ रन बनाइन् । यस्तै नारुमोल चाईमाईले ३२, वाङपाका लिङप्रार्सटले २८, रन जोड्दा नटया बोचाथाम १२ रनमा आउट भइन् । 

null

नेपालकी नेरी थापा र कृष्णा कुवरले २–२ विकेट लिए । कप्तान रुबिना क्षेत्री र करुणा भण्डारीले १–१ विकेट लिए । 

नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गरेको थियो । जनवरीमा थाइल्याण्डमै भएको टी २० स्म्यासमा नेपाल थाइल्याण्डसँग फाइनलमा ७० रनले पराजित भएको थियो। 

दुई खेलमा दुई जितका साथ युएई अंक तालिकाको पहिलो स्थानमा छ । समान एक जित निकालेको नेपाल र थाइल्याण्ड नेट रन रेटका आधारमा क्रमश दोश्रो र चौथो स्थानमा छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 2 =