आज संसदको बैठक, महत्वपूर्ण विधेयक पेश गरिदै

काठमाडौं, असोज २० । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । आजको बैठकमा महत्वपूर्ण विधेयक र प्रतिवेदन का विषयमा छलफल हुनेछ । संसद सचिवालयका कार्यसूची अनुसार आज डेड दर्जन विधेयक र २ प्रतिवेदन पेश हुनेछ । आजको बैठकमा विकास विकास समितिको वार्षिक प्रतिवेदन,र विधायन समितिको वार्षिक प्रतिवेदन,पेश हुनेछ ।

त्यस्तै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक, अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, पेश हुनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, राष्ट्रपति तथा उपराष्ट्रपति को निर्वाचन सम्बन्धी विधेयक, प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धीविधेयक सम्बन्धी विधेयक पेश हुने कार्यसूची रहेको छ । ज्येष्ठ नागरिक र समाज कल्याण समितिको प्रतिवेदन सहितको विधेयक पनि पेश हुने संसद सचिवालउयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 20 =