विश्वका घुम्न लायक उत्कृष्ट शहरमध्ये काठमाडौँ पाँचौँ स्थानमा

 

फागुन ५, काठमाडौँ । विश्वका घुम्न लायक उत्कृष्ट शहरहरुमध्ये काठमाडौँ पनि समेटिएको छ । 

विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायकका उत्कृष्ट दश शहरमध्ये काठमाडौँको पनि समेटेको हो । लोन्ली प्लानेटले निकालेको सूचीमा नेपालको काठमाडौँ पाचौँ स्थानमा छ । 

null

वि.सं २०७२ को ‘गोरखा भूकम्प’ले क्षति पु¥याएका पूरातात्विक महत्वका सम्पदाको पुनः निर्माणले गति लिएको र धेरै जसो पुनःनिर्माण पनि सम्पन्न भइसकेको भन्दै काठमाडौँ घुम्नलायक शहरको रुपमा रहेको उक्त संस्थाको ठहर छ । 

प्लानेटले सार्वजनिक गरेको सूची अनुसार पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्वियाको नोभीसाड, चौथोमा अमेरिकाको मियामी, पाँचौँमा काठमाडौँ रहेको छ । 

त्यस्तै छैटौँमा मेक्सिकोको मेक्सिको शहर, सातौँमा सेनेगलको डाकार, आठौँमा अमेरिकाको सिएटल, नवौँमा क्रोएशियाको जदार र दशौँमा मोरक्कोको मेक्नेस रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 4 =