च्याम्पियन्स लिग: डर्टमुन्डलाई हराउँदै टोटनह्याम क्वार्टरफाइनलमा प्रवेश

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगमा टोटनह्याम क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जर्मन लिग लिडर बोरुसिया डर्टमुन्डलाई समग्रमा ४–० ले हराउँदै टोटनह्याम क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
घरेलु मैदानमा भएको पहिलो लेगमा ३–० ले विजयी भएको टोटनह्यामले अवे खेलमा बोरुसियालाई उसकै मैदानमा १–० ले हराउन सफल भयो । उसको जितमा हेरी केनले एकमात्र गोल गरे । उनले खेलको ४८ औं मिनेटमा गोल गरेका थिए । जसका कारण टोटनहमलाई अन्तिम आठमा स्थान बनाउन पर्याप्त बन्यो ।
२०११ पछि टोटनह्याम युरोपियन प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो । हेरी केन युरोपियन प्रतियोगितामा टोटनह्यामबाट धेरै गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले कुल २४ गोल गरेका छन् ।
null
यस्तै एक भन्दा धेरै युरोपियन खेलमा कम्तीमा ५ गोल गर्ने केन स्टेफेन जेरार्ड पछि पहिलो खेलाडी हुन् । क्वार्टरफाइनलको ड्र शुक्रबार हुनेछ ।








