शल्यक्रियापछि प्रधानमन्त्रीलाई आईसीयूमा सारिँदै

फागुन २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको सफल प्रत्यारोपण भएको छ । शल्याक्रिया सकिए लगत्तै उनलाई अप्रेसन थिएटरबाट आईसीयूमा ल्याउने तयारी भएको अस्पताल श्रोतले जनाएको छ ।   

४ घण्टा ४० मिनेट समय लगाएर प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको हो। प्रत्यारोपणको १५ मिनेटमा पिसाप लागेमा प्रत्यारोपण भएको सफल मानिने भन्दै प्रत्यारोपणमा संलग्न प्राडा प्रेमराज ज्ञवालीले प्रधानमन्त्रीलाई पनि १५ मिनेटभित्रै पिसाव लागेको जानकारी दिए। 

प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्न समीक्षा संग्रौंलाले मिर्गौला दिएकी हुन् । 

प्रधानमन्त्री ओलीको यो दोस्रो प्रत्यारोपण हो। यसअघि उनको भारतको एपोलो अस्पतालमा १२ वर्षअघि पहिलोपटक मिर्गौला प्रत्यारोपण भएको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 16 =