एमालेसँग तालमेलको चर्चालगत्तै प्रधानमन्त्री र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं, असोज १७ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । आज(मंगलबार) विहान बालुवाटारमा झण्डै एक घण्टा भएको छलफलमा अध्यक्ष दाहालले नेकपा एमालेसँग पार्टी एकीकरण एवं संघ र प्रदेशको चुनावमा हुन लागेको तालमेलका बारेमा प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

दुबै नेताबीच संविधान संशोधन, आसन्न चुनाव र संसदमा पेश भएको विधेयकबारे पनि छलफल भएको थियो । पार्टी सचिवालयको बैठक सकिएलगत्तै दाहाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । सचिवालय बैठकमा अध्यक्ष दाहालले पार्टी एकताका सम्बन्धमा भइरहेको छलफलबारे सदस्यहरुलाई जानकारी गराएका थिए ।

अधिकांश सचिवालय सदस्य एमालेसँगको तालमेलका पक्षमा रहेको नेता नारायणकाजी श्रेष्ठले जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =