सिद्धार्थ राजमार्गको पहिरोले पाँच जिल्लाका नागरिकलाई सास्ती

“
काठमाडौं, असोज १६ । सिद्धार्थ राजमार्गको तिनाउ, २ दोभान नजिकै पहिरो खसेपछि पाँच जिल्लाका नागरिक अप्ठ्यारोमा परेका छन् । पहिरोका कारण दशै मनाएर फर्किन लागको सयौ यात्रुहरु अलपत्र परेका छन् । हिजो १५ घण्टापछि एकतर्फि खुलेपनि आवत जावत सजिलो भएको छैन । लगातार बाटो अवरुद्ध हुँदा हुँदा सयौ यात्रुले सास्ती खेप्नु परेको छ ।
राजमार्गको तानसेन–वुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिका, २ दोभान र सिद्धबाबाको बिचमा ठूलो ढुंगा सहितको पहिरो खसेपछि यातायातका साधान रोकिएका हुन् । सिद्दार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलवाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फवाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र परेका छन् । त्यस्तै गुल्मीको रेसुङ्गा नगरपालिका १३ भंगेरीमा पहिरो खस्दा तम्घास–रिडि सडकखण्ड पाचँ दिन यता ठप्प छ । पहिरोका कारण गुल्मी, अर्घाखाँचि, वाग्लुङ, प्युठान लगायका दसँैका यात्रुले सास्ति खेप्नुपरेको छ ।
“








