निर्माणाधीन घरको पिलरले किचेर बालकको मृत्यु

उदयपुर, असोज १३ । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित पुरानो गाईघाटमा शुक्रबार अपराह्न छिमेकीको निर्माणाधीन घरको पिलरले किचेर एक बालकको मृत्यु भएको छ ।

मृृत्यु हुने बालक त्रियुगा नगरपालिका–१२ की कोपिला खड्काका ६ वर्षीय छोरा सन्देश खड्का रहेको प्रहरीले बताएको छ ।

शुक्रबार अपराह्न १ बजेतिर बालक आफैं छिमेकीको निर्माणाधीन घरमा गएर खेल्नेक्रममा नयाँ पिलर हल्लाएपछि घरको पिलर लडेर बालकलाई घाइते बनाएको थियो ।

घाइते बालकलाई तत्काल जिल्ला अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =