दशैं बिशेष गीत घरको मायाले…. बजारमा (भिडियोसहित)

काठमाडौं, ११ असोज । नेपालीहरुको महानवर्प बडादशैं आएसंगै दशै बिशेष गीतहरु पनि बजारमा लगातार आईरहेका छन् । यसै क्रममा हर्क सुनार र टिका पुनको आवाजमा रहेको दशैं बिशेष गीत बजारमा आएको छ ।  गीतमा पत्रकार दीपेन्द्र ओलीले विदेशमा ज्यादै दुःख पाउनुभएको छ । गाउँघरतिर दशैँ, तिहार र छठ् पर्वको रौनकता छाइरहँदा दीपेन्द्र जस्तै परदेशमा रहेका नेपाली भने घरको मायाँले भक्कानिँदै बस्ने गरेका छन् ।

दीपेन्द्रले साँच्चै दु:ख पाएका नभई नयाँ म्युजिक भिडियोमा दु:ख पाएको देखाइएको हो । यसै कथालाई समेटेर तयार भएको लोक म्युजिक भिडियो विमोचन भएको छ । पूर्व सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले भिडियो विमोचन गर्नुभएको हो । क्रियटिभ मिडिया एण्ड रिसर्च सेन्टरको प्रस्तुतिमा हर्क सुनारको गीत (घरको मायाले) को भिडियोमा पत्रकार दीपेन्द्र ओली र  निशा चपाईलगायतले अभिनय गर्नुभएको छ ।

पत्रकार गोविन्द वि.क.को शव्द, आलिफ खानको लयमा रहेको गीतकाे भिडियोमा निर्देशन चन्द्र मन्दिरले गर्नुभएको छ भने, इन्द्रजीत खड्काको छायांकन र पत्रकार मानबहादुर वलीले सम्पादन गर्नुभएको छ ।

https://www.youtube.com/watch?v=2unMPHsk1yI&feature=youtu.be”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + two =