सरकारी जग्गामा निजीको रजाइँ, भाडाबापत मात्रै २ करोड उठाउन भरतपुर अस्पताल असफल

चितवन , २६ फागुन । चितवनको भरतपुर अस्पतालको जग्गामा कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले भाडावापत मात्रै करिब २ करोड २१ लाख रुपैयाँ तिर्न बाँकी छ । नियमानुसार पाउनुपर्ने रकम दिनसमेत आलटाल गरेको गुनासो भरतपुर अस्पताल प्रशासनको छ । अस्पताल स्रोतका अनुसार मेडिकल कलेजले चालु आर्थिक बर्षको मात्रै ६२ लाख ४० हजार रुपैयाँ भाडा तिर्न बाँकी छ । 

पुरानो बक्यौतासहित २ करोड २१ लाख ४६ हजार ५ सय १० रुपैयाँ पुरानो मेडिकल कलेजबाट लिन बाँकी देखिन्छ । तर, यो रकम तिर्न कलेजले कहिले चासो देखाउदैन । भरतपुर अस्पतालको ९ विघा जग्गा मेडिकल कलेजले ४९ बर्षका लागि भाडामा लिएको थियो । भाडा बुझाउन अस्पतालले पटक पटक पत्राचार गरे पनि मेडिकल कलेजले अटेरी गर्दैआएको छ । 

आर्थिक वर्ष २०७२/०७३ मा महालेखा परीक्षकले गरेको लेखा परीक्षणमा ६७ लाख ७८ हजार भाडा वृद्धिवापतको रकम असुल गर्नुपर्ने देखाएको छ । गत बर्षको मात्रै १४ लाख रुपैयाँ रकम भाडा लिन बाँकी रहेको अस्पतालका लेखापाल हरी लामिछानेले जानकारी दिए । 

null

 

हामीलाई टेर्नै छाड्यो: मेसु पौडेलगत पुस ११ गते मेडिकल कलेजलाई हालसम्मको बक्यौता रकम तिर्न पत्र लेखे पनि कुनै प्रतिक्रिया नआएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘पटकपटक पत्र पठाइसक्यौं, तर मेडिकल कलेजले टेर्दैन’ मेसु डा. पौडेलले भने, ‘यो बारेमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सचिव, विभाग, अख्तियारलाई समेत जानकारी गराएका छौं ।’ 

अघिल्लो बर्षको भाडा तिर्‍यो: डा. प्रधानयता, पुरानो मेडिकल कलेजका निर्देशक डा. मनोहर प्रधानले अघिल्लो बर्षसम्मको सबै भाडा तिरेको दावी गरे । चालु आर्थिक बर्षको बाँकी भाडा असार मसान्तसम्म तिर्ने उनको भनाइ छ । अन्य बक्यौताका बारेमा अस्पताल र मेडिकल कलेजको फरक फरक बुझाइ रहेको निर्देशक डा. प्रधानले बताए । मेडिकल कलेजले २०७२ वैशाख १२ पछिको भूकम्पपछि अस्पतालको लालपूर्जा मालपोतमा रोक्का गरेर १ अर्ब ३५ करोड ऋण निकालेको थियो । भूकम्पका कारण मेडिकल कलेजका भवन चर्किएका थिए । मालपोत कर्मचारीहरुकै मिलेमतोमा रोक्का गरिएको जग्गा अझैसम्म फुकुवा भएको छैन । 

२०६३ सालसम्म प्रति विघा वार्षिक ५० लाख भाडा तिर्दै आएको मेडिकल कलेजलाई सजिलो पर्ने गरी त्यसै वर्ष पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालका कानुनी सल्लाहकारसमेत रहेका हालका सांसद कृष्णभक्त पोखरेल र तत्कालिन अध्यक्ष एवं अहिलेका नेकपाका नेता बद्रि तिमिल्सिनाले बार्षिक एक लाख भाडा बनाएका थिए । उक्त सम्झौतामा बार्षिक प्रति विघा एक लाख भन्दा बढी भाडा बढाइने छैन भन्ने उल्लेख गरी अस्पताललाई दीर्घकालसम्म घाटा लगाएको अस्पताल स्रोतले बताएको छ । हाल अस्पतालको १३ धुर जम्मा भाडामा लिएर क्यान्टिन चलाउँदै आएको एक संस्थाले भने मासिक ४ लाखभन्दा बढी भाडा तिर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 4 =