जनसेवाको चुनावमा नेकपालाई झड्का, लोकतान्त्रिक समूहलाई बहुमत

चैत २, चितवन । नेकपाको पकट क्षेत्रको रुपमा लिइएको राप्ती नगरपालिकाको एक सहकारीको चुनावमा नेकपालाई धक्का लागेको छ ।   

जिल्लाको अन्य पालिकाको तुलनामा राप्तीमा नेकपाको दवदवा रहन्थ्यो । तर भण्डारा दुग्ध उत्पादक सहकारीको चुनावमा तीन जना पदाधिकारी गुमाएको नेकपाले शनिबार भएको जनसेवा वहुद्धेश्यीय सहकारी संस्थाको चुनावमा पनि धक्का खाएको छ ।   

राप्ती ८ खुरखुरेमा रहेको सो सहकारीको चुनावमा नेपाली कांग्रेस, राप्रपा र नेकपा माले मिलेर लोकतान्त्रिक समूह एकातिर र नेकपा एक्लै अर्को प्यालनमा प्रतिस्पर्धा गरेका थिए । चुनावमा लोकतान्त्रिक समूहबाट कार्यसमिति सदस्यमा ६ जना निर्वाचित हुँदा नेकपाबाट ३ तीन मात्रै निर्वाचित भए । 

सहकारीमा ९ सदस्यीय कार्यसमिति बनाउने प्रावधान छ । बहुमत सदस्यबाट निर्वाचित भएकाहरुले अध्यक्ष, उपाध्यक्ष र जिल्ला प्रतिनिधी छान्न पाउने समेत सहकारीको प्रावधान छ । अब स्वत तीनै पदमा लोकतान्त्रिक समूहबाट चयन हुनेछ ।   

कुल ९ जना मध्ये लोकतान्त्रिक समूहबाट बद्रीप्रसाद गैरे १६७ मत, यदुकुमार कडेंलले १५७ मत, खेमराज पाठकले १५२ मत, गोपाल प्रसाद पाण्डेले १५२ मत,बाबुराम महतोले १४८ मत र तुलराज उप्रेतीले पनि समान १४८ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक शैलेन्द्र भण्डारीले जानकारी दिए ।   

यता नेकपाबाट हरिशरण डल्लाकोटीले १६४ मत, परशुराम कडेंलले १५० मत र गोविन्द्र प्रसाद कडेंलले १४८ मत प्राप्त गरेको निर्वाचन संयोजक भण्डारीले बताए । लोकतान्त्रिक समूहले बहुमत प्राप्त गरेकाले अब सो समूहबाट खेमराज पाठक अध्यक्ष हुने संभावना छ । नयाँ कार्यसमितिका लागि अध्यक्षमा उनको दाबी छ । 

सहकारीको नवनिर्मित भवनमा एक कार्यकाल विताउने चाहना वमोजिम खेमराज पाठक नेकपा निकट भएपनि लोकतान्त्रिक समूहबाट चुनावमा उत्रिएका थिए । नेकपाबाट अध्यक्षका दावेदार हरिशरण डल्लाकोटी अब स्वत सदस्य बन्ने छन् । लेखा समिति संयोजकमा लोकतान्त्रिक समुहबाट दिनेश अधिकारी निर्वाचित हुँदा सोही समुहबाट युवराज डल्लाकोटीले र नेकपाबाट रामहरी थापा सदस्यमा निर्वाचित भए ।   

उनीहरुले क्रमश १३३ मत, १४६ मत र १४० मत प्राप्त गरेको निर्वाचन समिति संयोजक भण्डारीले बताए । कुल ३५९ मतदाता रहेको सो सहकारीको निर्वाचनमा ३१२ मत खसेको थियो । करिब एक महिना अघि सप्पन्न कंकाली बनको चुनाबमा अध्यक्ष गुमाएको नेकपाले अन्य सबै पदमा भने जित हासिल गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =