सेती खोँचमा खसेका २२ वर्षका मनोजको उपचार हुँदै

पोखरा, असोज ९ । पोखरा सेती नदीको खोंचमा खसेका एक युवालाई प्रहरीको टोलीले उद्धार गरेको छ । खोंचमा करीब ७० र ७५ मिटर तल खसेर अलपत्र अवस्थामा रहेका पोखराको बसपार्क स्थित कृष्णटोलका २२ बर्षीय मनोज सुनारलाई सुरक्षकर्मीले सेतिनदीको खोचबाट उद्धार गरेका हुन् ।

सुनार बेलुकादेखि नै बेपत्ता भएपनि सोमबार विहान चाइनापुल (पृथ्वीचोक पुल) को केहि तल सेतीको खोंचमा अलपत्र अवस्थामा भेटिएका हुन् । उनलाई पुलमा हिंडिरहेका बटुवाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै गएको प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले साढे २ घण्टाको अथक प्रयासमा सकुशल उद्धार गरेको हो ।

सुनारको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । उद्धार पछि उनलाई उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगिएको छ । विगत १७ बर्ष देखि सुनार पोखरामा मजदुरी गर्दै आएका थिए। उनी परिवारको एक्लो छोरा हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =