राजविराजस्थित मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

 

बैशाख ४ राजविराज । प्रभु बैंकको नयाँ एक्सटेन्सन काउण्टर सप्तरी जिल्लाको मालपोत कार्यालयमा स्थापना भएको छ । बैंकले आजबाट सप्तरी जिल्लाको सदरमुकाम राजविराज स्थित मालपोत कार्यालय परिसरमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । 

मालपोत कार्यालयका सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रदान गर्नका लागि उक्त काउन्टर सुरु गरिएको हो । उक्त काउण्टरको राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले एक समारोहका विच उद्घाटन गरे । 

null

उक्त एक्स्टेन्सन काउण्टरले आजैदेखि मालपोत कार्यालयको कामको सिलसिलामा आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन थालेको छ । बैंकको एक्स्टेन्सन काउण्टरले सेवाग्राहीहरुले मालपोत कार्यालयलाई बुझाउने राजश्व रकम संकलन गर्नेछ । 

सञ्चालनमा आएको बैंकको एक्स्टेन्सन काउण्टरबाट मालपोत कार्यालय समेत बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =