काला व्यापारीलाई तह लगाउन टंगालमा चाडपर्व कार्यक्रम !

काठमाडौँ, असोज ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले आसन्न बडा दसैँ, दीपावली, छठ लगायतका चाडपर्वहरुको अवसर पारेर छलफल कार्यक्रम सम्पन्न गरेको छ । चाड पर्वका बेला काला बजारीयाहरु अत्यधिक मौलाउँने भएको भन्दै आयोगले उक्त चाडपर्व कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा आयोगका प्रमुख दीप बस्न्यात तथा आयुक्तहरु, सम्बन्धित मन्त्रालयका सचिव,विभागका महानिर्देशक, सुरक्षा निकायका उच्च पदस्थ पदाधिकारीहरू लगायत अन्य निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

आइतबारको कार्यक्रममा आयोगका सचिव राजन खनालले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै विभिन्न मन्त्रालयका सचिव,विभागका प्रमुख, सुरक्षा निकायका पदाधिकारी नेपालीको महान् चाडबाडको सन्दर्भमा आयोजना गरिएको कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा चाडपर्वलाई लक्षित गरी खाद्यान्नमा मिसावट, गुणस्तरहिन मासुको बिक्री वितरण, ह्वाइ टिकटमा कालाबजारी हुन सक्ने सम्भावना रहेको भन्दै यसतर्फ सतर्कता अपनाउँनुपर्ने आयोगका माननीय आयुक्तहरुले सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै डा. सावित्री गुरुङ्ग, राजनारयण पाठक, डा.गणेशराज जोशी, नवीनकुमार घिमिरेले चाडपर्व कालाबजारी गर्नेहरुलाई कारबाही गर्नुपर्नै र यसतर्फ सम्बन्धित पदाधिकारीहरुले सतर्कता अपनाउनुपर्ने सुझाव दिए ।

यससँगै कार्यक्रममा मन्तव्य र निर्देशन दिँदै आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले चाडबाडलाई लक्षित गरी हुने भ्रष्टाचारजन्य क्रियाकलापहरुको नियन्त्रणका लागि सबैबीच समन्वय गर्न आवश्यक्ता रहेको खुलस्त पारे । ‘एउटै मन्त्रालयले यस्ता कालाबजारी रोक्न सक्दैन । त्यसैले दुई वा दुई भन्दा मन्त्रालय र विभिन्न निकायहरू बिचको समन्वय आवश्यकता पर्छ । त्यसैले महान् चाडका अवसरमा हुने अवाञ्छित गतिविधि नियन्त्रणमा सबै पक्षले जिम्मेवारी पूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’उनले निर्देशन दिए ।

हवाई इन्धनको विषयमाथि बोल्दै प्रमुख बस्न्यातले नेपाल आयल निगमसँग देखिएको न्यून मौज्दात बारे ध्यानाकर्षण गराए । उनले आयल निगमबाट आयात हुने हवाई इन्धनको आयातमा देखिएको समस्यालाई तत्काल उपयुक्त माध्यम अपनाई सल्टाउनसमेत पहल थाल्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 6 =