सानिमा बैङ्कको अगुवाइमा खिम्ती २ परियोजनामा लगानी

असोज ८, काठमाडौँ । सानिमा बैङ्कको अगुवाइमा पिपल्स इनर्जी लिमिटेडले रामेछापको रस्नालु र दोलखाको हावा र ठूलोपातल गा. वि. स मा पर्ने ४८.८ मेगावाटको खिम्ती दोस्रो जलविद्युत परियोजना निर्माण गर्ने भएको छ ।

परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैङ्कको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ । परियोजनामा सानिमा, सिदार्थ, नबिल, जनता, एनआईसी एसिया, एनएमबी, बैङ्क अफ काठमाडौँ, सिभिल, ग्लोबल र एनसिसि बैङ्कले पचहत्तर प्रतिशत र पिपल्स इनर्जी लिमिटेडले पच्चिस प्रतिशत लगानी गर्नेछन् ।

उक्त परियोजना सम्पन्न हुन चार वर्ष लाग्ने र परियोजनाले वार्षिक छब्बिस करोड युनिट बिजुली उत्पादन गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + twenty =