पूर्व सांसदहरुको सेवा र सुविधा सम्बन्धी छुट्टै विधेयक ल्याउने तयारी

असोज ८, काठमाडौँ । सरकारले पूर्व सांसदहरुको सेवा र सुविधा सम्बन्धी व्यवस्था गर्न छुट्टै विधेयक ल्याउने तयारी गरेको छ । गृहमन्त्री जनार्दन शर्माले पूर्व सांसदहरुको सेवा र सुविधा सम्बन्धी व्यवस्था गर्न छुट्टै विधेयक ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिको आइतबारको बैठकमा बोल्दै मन्त्री शर्माले ‘पूर्र्व पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा पूर्व सांसदहरुको सुविधाको व्यवस्था गर्न व्यवहारिक रूपमा पनि नमिल्ने स्पष्ट पारे । राज्य व्यवस्था समिति अन्तरगतको उपसमितिले पूर्व सांसदहरुलाई पूर्व पदाधिकारीकै मर्यादाक्रममा समेटन सुझाव दिएको छ । तर, गृहमन्त्री शर्माले भने राष्ट्र प्रमुख जस्तो गरिमामय पदका लागि ल्याइएको विधेयकमा सांसदहरुलाई पनि राख्ने कुुरा व्यवहारिक हुने नदेखिएको तर्क गरे ।

गृहमन्त्री शर्माले नयाँ संविधानको ‘स्पिरिट’ अनुसार सरकारले यातना दिने तथा निर्मम अमानवीय वा अपमानजनक व्यवहार नियन्त्रण हुनेगरी कानुन बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =