विमल स्मृति पुस्तकालयको वार्षिकोत्सवमा कविता महोत्सव

असाेज ८, धरान । कवि विमल गुरुङको ४३ औँ जन्मजयन्ती तथा विमल स्मृति पुस्तकालयको २७ औँ वार्षिकोत्सवको अवसर पारेर राष्ट्रिय कविता महोत्सव गरिने भएको छ । कात्तिक १९ गते धरान–१८ स्थित पुस्तकालयमा प्रतियोगिता गरिने शनिवार निर्णय गरिएको हाे । उक्त अवसरमा कविद्वय धरानका बम देवान र मोरङ उर्लाबारीकी मिश्र वैजयन्तीलाई दोसल्ला ओढाएर अभिनन्दन गरिने छ ।

त्यस्तै, संस्थाबाट धरानको माउन्ट हर्मन एकेडेमी स्कुललाई अभिनन्दन गरिने भएको सदस्य राजेश विद्रोहीले बताएका छन् । अभिनन्दन गरिने विषयमा पनि शनिवार नै समितिको आकस्मिक बैठक बस्दै निर्णय गरिएको थियो ।

पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङको अध्यक्षतामा बसेको छलफलले उक्त निर्णय गरेको हो । राष्ट्रिय कविता महोत्सवमा सहभागीहरू विजेता तीनजनाले नगद २०, १५ र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =