हाम्रो पार्टीले नजितोस् त

“
काठमाडौँ, असोज ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले नजिते मुलुक गम्भीर दुर्घटनामा फस्ने चेतावनी दिएका छन् ।
अध्यक्ष दाहालले परिवर्तनलाई संस्थापन गर्न र मुलुकलाई समृद्ध बनाउन पनि माओवादी केन्द्रले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा जित्नै पर्ने दाबी गरे । शनिवार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले हिमाल, पहाड र तराईलाई एकतावद्ध गराउन पनि माओवादीले जित्नै पर्ने अवस्था रहेको जिकिर गरे । यस अवसरमा अध्यक्ष दाहालले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता कार्यकर्तालाई आह्वान गरे ।
अध्यक्ष दाहालले प्रदेश नम्बर २ को निर्वाचनको परिणामले जनता आफ्नो पार्टीको पक्षमा रहेको बताउँदै प्रगतिशील राष्ट्रवादी शक्ति माओवादी भएको भन्ने सन्देश प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनले दिएको स्मरण गराए ।
“








