९८ स्थानको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो, एमाले पाँचौ स्थानमा

“काठमाडौं, असोज ७ । स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा ९८ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३२, संघीय समाजवादी फोरम १९, नेकपा माओवादी केन्द्र १७ र राष्ट्रिय जनता पार्टी १५ स्थानीय तहमा विजयी भएका छन् ।

त्यसैगरी नेकपा एमाले १०, नेपाल लोकतान्त्रिक फोरम ३, नयाँ शक्ति पार्टी एक र नेपाली जनता दल एक स्थानीय तहमा विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =